सङ्कल्प अभियान – २०८०
आज समाज आर्थिक र सामाजिक रुपमा बिभाजित भइ रहेकोछ । आधारभूत जनताको दैनिक गुजारामा झन झन कठिन भइरहेकोछ भने मध्यम बर्गीय र उच्च मध्यम बर्गीय मानिसको सामाजिक रुपान्त्रण गर्दै देशमा भौतिक विकासको जुन चाहना थियो त्यो पुरा हुन सकिरहेको छैन ।
आजको युग टेक्नोलोजीको युग हो । आज हरेक मानिसका हात हातमा स्मार्ट फोनहरु छन भने ती स्मार्ट फोनहरुमा सजिलै नेटको पहुँच हरेक तह र तप्कामा पुगेकोछ । दुनियाँमा घटेका साना साना घटनाहरु हरेक मानिसले क्षण भरमा थाहा पाउन थालेकोछ । यो सकारात्मक पाटो हो । तर यही सुविधालाई समाज भाँडन खोज्न, आपराधिक मानसिकता बोकेका मानिसहले हरेक बिषयलाई बङयाएर मानिसको दिमागमा नकारात्मक सोचको विकास गर्न सामाजिक सञ्जालको चरम दुरुपयोग भइ रहेकोछ ।
नेपाली समाज अधिकार खोज्ने तर कर्तब्यको पालना नगर्ने नकारात्मक सोचले समाजलाई त्रसित बनाइ रहेकोछ । हरेक मानिसले आफ्नो जिम्मेवारी कशुलता पूर्वक निर्वाह गर्दै आफ्नो कार्य क्षेत्रलाई सफल बनाउने हो भने समाज रुपान्त्रण र देशको समृद्घि टाढा छैन ।
बिश्व जलबायु परिवर्तनले आक्रान्त्र भएकोछ । दिनदिनै हिमालका हिँउहरु घटीरहेका छन भने समुन्द्रको सतहको पानीको स्तर बढेर समन्द्र टतमा रहेका सहरहरु डुब्बे अवस्था सिर्जना भइरहेकोछ । अलिेकै अवस्था कायम रहने हो भने २०३० सालसम्ममा इ्रन्डोनेसियाको राजधानी जाकर्तालाई समुन्द्रले निल्ने निश्चित प्राय छ ।
सरकारका नियकायहरुले गर्नसक्ने साना साना कामहरु पनि गर्न सकिरहेका छैनन । जनताहरु बैधानिक निकायका कामहरुलाई सहयोग गर्नुको सट्टा शंकाको नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्न जनतालाई सकारात्म र बैधानिक निकायहरुलाई जिम्मेवार बनाउनु पर्ने आजको मुख्य आवश्यकता हो ।
मुलुकमा राजनीतिक परिवर्तन भयो तर आर्थिक र भौतिक परिवर्तनको अभावमा समाजमा जताततै निराशा र अराजक्ता बढिरहेकोछ । निश्चित मानिसले राज्य सत्ताको दोहन गरिरहेकोछ । मुलुकमा सुशानको अभावले मानिसमा देखिएको निराशालाई आशामा जगाउँदै मानिसलाई आफ्नो जिम्मेवारी बोध गराउन सामाजिक स्तरबाट अभियान सञ्चालन नगर्ने हो भने समाजका अन्तरविरोधहरु झन झन बढदै सामजिक मुल्य मान्यता खण्डिकृत हुनेछन । यी मुल्य मान्यताहरुलाई जोगाउँदै आर्थिक र भौतिक विकासको माध्यमबाट सामाजिक सदभाव, प्रेम, बन्दुत्वको विकास गरी सफा सुन्दर र समुन्नत टोल, गाउँ, नगर र देश बनाउन यो अभियान सञ्चालन गर्न लागिएकोछ । यस अभियानले राज्यका बैधानिक निकायहरुलाई सहयोग गर्ने र उनीहरुसंग सहकार्यलाई जोडदिनेछ ।
यसका लागि मुख्य ५ बिषयहरुलाई समेटिनेछ ।-
१. सरसफाइ
मानिसको आधारभूत परिवर्तनको संकेत सरसफाइ हो । नेपाली समाज बुझेर पनि बुझ पचाउने र गभ्मिर विषयलाई पनि हल्का रुपले लिने वानीको विकास भइरहेकोछ । धेरै नेपालीमा व्यक्तिगत सरसफाइ, घरेलु सरसफाइ र सामाजिक सरफाइको ज्ञान विकास भएकोछ । थेत्तरो प्रवृतिका कारण आफु र घर सफा राख्ने तर सामाजिक स्थलहरुमा फोहोर नर्ग बानी झनझन बढिरहेकोछ । यसको मुल कारण जिम्मेवारी प्राप्त निकायको ऐन कानुन को अभाव र भएका ऐन कानुनको कार्यन्वयन गर्ने प्रवृतिको अभाव राजनीतिक नेतृत्वसंग छ भने कर्मचारी तन्त्र १०–५ को समय कटाउने मानसिकताबाट ग्रसित छ । यस अभियान अन्तरतग समाजका हरेक तत्पकालाई जागरुक गर्ने, सम्बन्धित निकायलाई ऐन, कानुन निर्माण गर्न लगाउने आवश्यक परे सहयोग गर्ने र ऐन कानुनको सही कार्यन्वयन गर्दै सफा नगर बनाउने संकल्प गर्ने । -
२. जलवायु परिवर्तन र वातावरण संरक्षण
आजको सबैभन्दा ठुलो बैश्विक चुनौति भनेको जलबायु परिवर्तन वातावरण संरक्षणको हो । धनी देशहरुको कार्वन उत्सर्जनले विश्व जगत नै खतरामा परेकोछन । पेरिस जलबायु संम्झौताहरु सम्पन्न मुलुका देखाउने दाँत भएकाछन । नेपाल लगायत विश्वका हिमालहरुको हिँउ पग्लिने क्रम बढेकोछ । सिमसारहरु सुकिरहेकाछन । जैविक विविधताको क्षति भइ रहेकोछ । जमिन मुनी पानी जाने ९ध्बतभच च्भअजबचनभ० मात्रा घटदो क्रममा छ । पानी स्रोतहरु सुकिरहेका छन । पानी भएका स्रोतहरु प्रदुशित भएका छन । आज हाम्रो छिमेकी मुलुक भारतका ७ वटा राज्यहरुलाई चरच खानेपानीका संकट भएका राज्यको रुपमा घोषणा गरी खानेपानीको संकट समाधान गर्न भारत सरकार लागि रहेकोछ । अब हामीले हाम्रा पानीको स्रोतहरुलाई संरक्षण गर्ने, ठुलठुला ताल तलैयाहरु निर्माण गर्ने, बृक्षा रोपण गर्ने, आकासबाट परेको पानीलाई जमिन मुनी प¥याउनु पर्ने, खोलानालाबाट ढु«गा गिटी झिक्दा ँबकत ँयिधष्लन नबनाइ पानी जम्मे पोखरीको रुप प्रदान गर्नु पर्नेछ । यस कार्यका लागि समाजलाई जागरुक बनाउँदै नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउने कार्यलाई निरन्तरता दिने । -
३. पर्यटन
नेपालको आर्थिक बिकासको मेरुदण्ड पर्यटन हो । हामी उत्पादन र फैक्ट्र उत्पादित समानहरु नेपालको दुइ ठुला छिमेकी मुलुकसंग प्रतिस्पर्धा गर्न गाह्रो भएता पनि सेवा व्यापारको लागि यिनै दुइ ठुला छिमेकीका जनता हाम्रालाई बरदान सावित हुनसक्छन । यसका लागि हामीले पर्यटनलाई व्यवसायको रुपमा विकास गर्न र मेचीनगर पर्यटक आउने न्युनतम १ रात विताउने वातावरण बनाउन नगरपालिका संग समन्वय गर्दै सम्भावित अवसरहरुको खोजी गर्ने । -
४. जनचेतना मुलक कार्यहरु
नेपाली समाजमा रहेको चरम निरासालाई चिर्न जनचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक छ । हामी नेपालीहरु दक्षिण एसियमा मानव संसाधन विकासको दृष्टिकोणले अगाडि छौ । तर हामीले आफुलाई चिन्न सकिरहेका छैनौँ । टोल, गाउँ, नगर र देशको विकास गर्न हरेक नागरिकको जिम्मेवारी सवैभन्दा बढी रहने हुँदा यही बिषयको जनचेतना फैल्याइ समाजलाई श्रमप्रति जागरुक बनाउन संकल्पका साथ लागि पर्ने । -
५. सामाजिक न्याय
समाजमा देखिएको चरम निराशाको एउटा महत्वपूर्ण बिषय मानिसले सामाजिक न्यायको महशुष गर्न नसक्नु हो । सरकारी नियकाहरुमा आधारभूत बर्गका मानिसमा एक्लै गएर काम सम्पन्न गर्न सकिन्छ भन्ने आत्मा विश्वास नै छैन र हाम्रो वातावरण नि त्यस्तैछ । हाम्रा वैधानिक निकायहरु कानुन, नियम भन्दापनि पहुँचवाला व्यक्तिको बोलीलाई प्राथमिकता दिने गर्दछन । सामाजिक न्याय पाउनु हरेकमा मानिसको अधिकार हो । यही बिषयलाई ध्यानमा राखी राज्यका निकायहरुलाई नियम, कानुन र पद्दतिलाई मुख्य प्राथमिकता दिन सरोकार निकायलाई झकझक्याने कार्य गर्ने संकल्प गर्दछौँ ।