सङ्कल्प अभियान – २०८०

परिवर्तनका लागि केही सङ्कल्प गरौँ ।
  • १. म जथाभावी फोहोर गर्दिन ।
  • २. म सार्वजनिक स्थल संधै सफा राख्छु र राख्नलाई सहयोग पु¥याउँछु ।
  • ३. म आफ्नो घरको आँगन र घर अगाडिको बाटो संधै सफा राख्छु र सफा राख्न छरछिमेकमा सूचना प्रवाह गर्नेछु ।
  • ४. म आफ्नो घर आँगन हरियाली बनाउँछु र छरछिमेकमा पनि हरियाली बनाउन सहयोग गर्छु ।
  • ६. म सार्वजनिक सम्पतिको संधैँ संरक्षण गर्छु ।
  • ७. म सकेसम्म खैनी, चुरोट र गुटखाहरुको प्रयोग गर्दिन यदि गर्नु परेमा तिनीहरुको खोलको उचित व्यवस्थापन गर्नेछु ।
  • ८. म गुट्खा र पान खाएर जथाभावी थुक्दिन ।
  • ९. म वातावरण संरक्षण र वायु प्रदुषण हुन नदिन संधै सचेत रहनेछु ।
  • १०. म नियतबस कसैलाई दुख दिन्न र व्यक्तिगत स्वार्थभन्दा सामाजिक हितलाई ध्यान दिनेछु ।
  • ११. म सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र भ्रमात्मक कुराहरु सम्प्रेषण गर्दिन ।
  • १२. म वालवालिका, महिला हिंंसा लगायत सबैखाले सामाजिक हिंसाको विरोध गर्नेछु र आफू पनि गर्ने छैन ।
  • १३. म अपाङ्ग, असाहय र जेष्ठ नागरिकलाई संधै सम्मान तथा आदर गर्नेछु ।
  • १४. म सार्वजनिक स्थलमा धुम्रपान तथा मध्यपान सकेसम्म गर्ने छैन यदि गर्नु परेमा अरुलाई असर पु¥याउने छैन ।
  • १५. म सामाजिक कार्यमा संधैँ सरिक हुनेछु ।
  • १६. म र मेरो परिवारको जन्मदिनमा एक विरुवा रोप्ने वातावरण बनाउनेछु ।
  • १७. म मात्रै हैन समाजलाई पनि असल र सम्पन्न बनाउने सङ्कल्प गर्दछु ।
  • १८. म राज्यका नीति, नियम र कानुनको संधैँ पालना गर्नेछु ।

संङ्कल्पित व्यक्तिको विवरण :
नाम थर :
ठेगाना :
फोन नं हस्ताक्षर :
मिति :